अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको ज्यान गयो

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 2 mins

पाँचथर । प्रसुती पश्चात रक्तस्राव हुँदा पाँचथरमा एकजना किशोरीको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका २ माङजावुङकी १९ वर्षीया मनिषा आचार्य रहेकी छिन् ।

उप स्वास्थ्य चौकी माङजावुङका प्रमूख (हेल्थ अशिसटेन्थ) सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि बुधबार विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो । उनको बुधबार साँझ मृत्यु भएको थियो ।

‘भर्ना गरिएको दुईघण्टापछि उहाँको नर्मल डेलिभरी भयो, केहिवेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो, ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा बाटोमै उहाँको निधन भयो ।’ मेहताले भन्नुभयो ।

बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उहाँको थप उपचारमा ढिलाइ भएको मेहताको भनाई छ । साँझ नौ बजे जिल्ला अस्पताल ल्याइपु¥याँउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सुत्केरी पछि हुने अत्याधिक रक्तस्रावका कारण उनको निधन भएको पाँचथर अस्पतालका डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?