होटल महासंघमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेशकुमार चुके चयन हुनुभएको छ । बुधबार सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उहाँ सर्वसम्मत चयन हुनुभएको हो ।

७५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), प्रशासनतर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलवासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन हुनुभएको छ ।

त्यस्तै, महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ रहनुभएको महासंघले जनाएको छ ।

नयाँ नेतृत्वले हेटौंडामा महासंघको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योगसरह ब्याज छुट माग गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?