किशोरी बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ

Read Time = 1 min

ललितपुर । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?