छोरीको आत्महत्याले विक्षिप्त भएका नरेशले गरे आफ्नै घरमा आगो लगाएर आत्महत्या

Read Time = 1 min

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै वेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए ।

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनु भयो।

घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?