नयाँ बर्षको अवसर पारेर धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । नयाँ बर्षको अवसर पारेर सधै झै यो बर्षपनि धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

'अब धनगढी दौडिन्छ' भन्ने मुल नाराका साथ धनगढी जेसिजले नवौं संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो ।

धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता बैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट शुरु हुने बताउनु भयो । उहाँले म्याराथन प्रतियोगितामा विभिन्न ४ बिधा समाबेश गरिएको जानकारी दिनुभयो।

म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमीटर), कर्पोरेट र संचार (५ किलोमीटर), ट्राइसाइकल रेस (५ किलोमीटर) र महिला (५ किलोमीटर) गरि चार बिधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुंवरले बताउनु भयो।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्ने छन् । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुंवरले बताउनु भयो ।

यसैगरी, ट्राइसाइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ बिजयी हुनेले क्रमशः ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैया पुरस्कार दिइने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?