दुई सय ४३ अभिकर्तालाई एमडिआरटी अवार्ड

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आइतबार काठमाडौंको हायात प्लेसमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड २०२३ आयोजना गरेको छ । सो अवसरमा कम्पनीले सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार तीन सय प्रथम बीमा शुल्क संकलन गरी ‘एमडिआरटी’ का लागि योग्य दुई सय ४३ जना अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले उद्घाटन गर्नुभएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको र अभिकर्ताकै अथक मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनुभयो ।

नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीका आगामी रणनीतिबारे जानकारी गराउनुभयो । नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला कीर्तिमानी पूर्णिमा श्रेष्ठले आफ्नो जीवनको सफलता, असफलता, चुनौती र अवसरबारे चर्चा गर्नुभएको थियो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताको सहजकर्ताका रूपमा प्रस्तुत हुने बताउँदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्तालाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?