पुलिस भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विभागीय नेपाल पुलिस क्लब काठमाडौंमा जारी सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हरायो । पुलिस ढोरपाटनमाथि २४-१२, २५-२० र २५-११ को सहज जित निकाल्न सफल भयो ।

पुलिसका स्पाइकर विशाल बिक प्लेयर अफ दि म्याच घोषित हुनुभयो । समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्दै पुलिसले एक खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । यस जितसँगै समूह ‘सी’ मा अपराजित रहेको पुलिसको दुई खेलबाट ६ अंक पुगेको छ । न्युटन र ढोरपाटनले अंकको खाता खोल्न सकेका छैनन् ।

यस्तै, महिलातर्फको खेलमा साबिक विजेता न्यु डायमण्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यु डायमण्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित गर्‍यो भने दोस्रो सेट २५-१० ले पाखा लगायो ।

त्यस्तै, तेस्रो सेट २५-१२ ले हरायो । जितसँगै समूह ‘ए’ बाट न्यू डायमण्डले दुई खेलमा ६ अंक जोडेको छ । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ । पुलिसको पनि समान छ अंक नै रहेको छ ।

त्यसअघि साबिक विजेता त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको थियो । आर्मी समूह ‘ए’ को विजेता बनेको हो । आर्मीले समूह चरणको आफ्नो अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । आर्मीले पहिलो खेलमा तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो ।

यस्तै, अर्को विभागीय क्लब नेपाल पुलिस क्लबले विजयी अभियानलाई जारी राख्नेक्रममा एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा जित हात पार्‍यो ।

यसै समूहमा रहेको साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई ३-० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । न्यु डायमण्डले नयाँबजारमाथि २५-२, २५-८ र २५-६ को सहज जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?