काठमाडौं । बलिउडका चर्चित सुपरस्टारहरु जसका फिल्म पर्दामा हेर्न दर्शकहरु पर्खेर बसेका हुन्छन् । भारतमा मात्र नभई अन्य देशहरुमा पनि उनिहरुका धेरै फ्यानहरु छन् । यस्ता चर्चित र ठुला मानिने कलाकारहरुले अभिनय गरेका फिल्महरु पनि सुपर फ्लप हुने गरेका छन् । कुनै कुनै फिल्ममा ति कलाकारको काम दर्शकहरुलाई पटक्कै मन पर्दैन र चलचित्रको ट्रेलर सम्म पनि हेर्न मन पराउदैनन् ।
अचम्मको कुरा त के छ भने फिल्म फ्लप भएपनि यि कलाकारहरु भने कहिले फ्लप भएनन् । उनिहरुले एकपछि अर्को काम पाईरहेका छन् । आज हामीले बलिउडका चर्चित कलाकार जसले आफ्नाे करियरमा कतिवटासम्म फ्लप फिल्म दिए भन्ने बारेमा चर्चा गर्नेछौं ।
सलमान खान
सलमान खानका धेरै जसो फिल्मलाई दर्शकहरुले अत्यधिक मन पराइरहेका हुन्छन् । तर फ्लप फिल्म दिनेमा उनको नाम अग्रपंतिमा आउँछ । सलमान खानले आफ्नो करियरको शुरुवातमा केही सफल फिल्म दिएपनि केही फिल्ममा उनले दर्शक तथा आलोचकको नराम्ररी गाली खानु परेको थियो । सलमान खानका अहिलेसम्म २९ वटा फिल्म नराम्रो संग फ्लप भएका छन् ।
अजय देवगन
अजय देवगनलाई नचिन्ने सायदै कमै होलान् । उनले आफ्नो बलिउड करियरमा एक्सन, रोमान्टीक तथा कमेडि फिल्महरुमा आफ्नो कुशल अभिनय देखाइरहेका छन् । उनले आफ्नो बलिउड करियरमा १३१ फिल्ममा काम गरिसकेका छन् । उनै चर्चित कलाकार अजय देवगनका अहिलेसम्म २८ वटा फिल्म सुपर फ्लप भएका छन् ।
शाहरुख खान
लवस्टोरी फिल्ममा आफ्नो वर्चश्व कायम गर्न सफल अभिनेता शाहरुख खानका फ्यान विश्वभरि नै छन् । उनका चलचित्रलाई दर्शकले पर्खेर बसेका हुन्छन् । अहिलेसम्म उनले एकसय भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । यति सफल र चर्चित हुँदा हुँदै पनि उनका २१ वटा फिल्म नराम्रो संग फ्लप भएका छन् ।
अमिर खान
मिस्टर पर्फेक्टको उपाधि पाएका अभिनेता अमिर खानका धेरै फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेक बिजनेस गरेका छन् । उनले कम फिल्म खेल्ने तर खेलेका फिल्म लगभग हिट बनाउने गरी मेहनत गर्ने गरेका छन् । तर पनि उनका केही फिल्मले दर्शकलाई हलसम्म तान्न असमर्थ भए । जसका कारण निर्माताले अत्यधिक घाटा सहनु पर्यो । अमिर खानका अहिलेसम्म १७ वटा फिल्म सुपर फ्लप भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच