‘गुञ्जन’को ‘केबल तिम्रै तिर’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गुञ्जन’को गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेञ्चुरीलाई फिचरिङ गरिएको छ । निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । यो चलचित्र यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउँदैछ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रको वितरण काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

निर्देशक अष्ट विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आउनुभएको छ भने उहाँको निर्देशनमा यो डेब्यु चलचित्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?