बलात्कार आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई प्रहरीले पक्राउ गरेको छ ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?