म्यानचेस्टर सिटी बाहिरियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ । बुधबार  राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २-० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । जुन निर्णय महंगो साबित बन्यो । सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए ।

ग्वार्डिओलाले एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, बर्नाडो सिल्भा र इन्डरसनलाई पहिलो रोजाईमा राखेका थिएनन ।

सिटीले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सोही खेललाई लक्षित गर्दै ग्वार्डिओलाले प्रमुख खेलाडीलाई आराम दिएका थिए ।

यता नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?