मोटिभ ६ एस स्मार्टवाच नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । रिभरसङले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज तथा वेरेबल उत्पादक रिभरसङ विश्व बजारमै पछिल्लो समयमा तीव्रतासाथ अघि बढिरहेको ब्राण्ड हो । विश्वका ६० भन्दा बढी मुलुकका बिक्री हुँदै आएको रिभरसङ नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जनभन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्स भित्र्याइसकेको छ । केमियो इन्टरनेशनल प्रालिले दोस्रो ब्राण्डका रूपमा रिभरसङलाई नेपाली बजारमा ल्याएको हो ।

रिभरसङ नेपालको मुख्यालय बागदरबारमा आयोजित एक कार्यक्रमबीच कम्पनीले रिभरसङको नयाँ स्मार्टवाच मोटिभ सिक्स ६ सार्वजनिक गरेको छ । केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले रिभरसङ मोटिभ ६ एस सार्वजनिक गर्दै नयाँ स्मार्टवाचका विशेषताबारेमा जानकारी गराउनुभयो ।

मोटिभ ६ एसमा ५० भन्दा बढी फिटनेस ट्र्याकिङ अप्सन रहेका छन् भने हर्ट रेट मनिटर निकै प्रिसाइज्ड रहेको कम्पनीको दाबी छ । ब्लुटुथ कलिङ अप्सन रहेको स्मार्टवाचको अडियो क्वालिटीसमेत स्तरीय रहेको बताइएको छ । मोटिभ ६ एसको मूल्य छ हजार चार सय २५ रुपैयाँ तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?