लालबन्दीमा नयाँ सिनेमा हल

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा आजबाट नयाँ चलचित्र घर ९सिनेमा हल० सञ्चालनमा आएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित मुख्य बजारमा रहेको गोले कम्प्लेक्सको तेस्रो तलामा ‘इभेन्ट सिनेमाज’ नामक सिनेमा हल सञ्चालनमा ल्याइएको हो ।

सिनेमा हलको आज बिहान मधेश प्रदेशसभाकी सदस्य बेची लुङ्गेली र पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो । करिव तीन दशक अघि पुरानो विणा चलचित्र मन्दिर भएको स्थानमा व्यवसायी प्रेम गोलेले नयाँ सिनेमा हल सञ्चालनमा ल्याउनुभएको हो । सञ्चालक गोलेका अनुसार सिनेमा हलमा १९० वटा सिट छन् । परिवारका सदस्य, साथीभाई एकै ठाउँमा बसेर चलचित्र हेर्न मिल्ने गरी २२ जना अट्ने बेग्लै क्याबिनको समेत व्यवस्था गरिएको सञ्चालक गोलेले बताउनुभयो ।

सिनेमालमा सिनेमा प्रदर्शनसहित सभा, सम्मेलन समेत गर्न मिल्ने गरी हल निर्माण गरिएको छ । लालबन्दीमा अब दुईवटा सिनेमा हल भएका छन् । यहाँ यसअघि देखिनै विणा चलचित्र हल सञ्चालनमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?