मुक्तिनाथको १४.२१०५ प्रतिशत लाभांश पारित

Read Time = 2 mins

पोखरा । मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारणसभा शनिबार बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतमा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई १४.२१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांश हुनेछ ।

साथैै साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० का लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि पारित गरेको छ । सो अवसरमा सेयरधनीका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिनुभएको थियो ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ भने मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?