बार्सिलोनालाई सुपर कप उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रियल मड्रिडलाई ३-१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो । खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३-१ मा झारेका थिए ।

प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?