विमान दुर्घटनाका मृतक २६ जनाको पहिचान खुल्यो (नामावलीसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६६ जनाको शव फेला परेको छ ।

फेला परेका ६६ शवमध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन ।

पहिचान भएकाहरूमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर र पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल रहनुभएको छ ।

यस्तै पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङको पहिचान खुलेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

यसैगरी रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको बताइएको छ । पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने तयारी छ ।

काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ। उक्त एअरलाइन्समा ७२ जना सवार थिए। जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?