विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैनः अध्यक्ष सिलवाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताउनु भयो । उहाँले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैको सद्गती भइसकेपछि प्रमाणहरु लिएर सबैको बीमाको पाटोमा समस्या छैन । त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरु पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पुर्‍याउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो । विदेशी बडीहरु पनि कलेक्शन गर्नुपर्‍यो । ल्याएर त्यसको पोष्टमार्टम गर्नुपर्‍यो । त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुपर्‍यो । कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो ।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?