सभामुखमा काँग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुखका पदको लागि उम्मेदवारी दिनुभएको छ ।

बुधवार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उहाँले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ ।

उहाँलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?