जल विद्युत् आयोजनाले सम्पन्न बन्दै म्याग्दीको अन्नपूर्ण, विद्युत् रोयल्टीवापत आठ करोड

Read Time = 9 mins

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ्ग गाउँमा संचालित पाँच वटा जलविधुत आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोड बढी विद्युत रोयल्टी पाउनेभएको छ ।

गाउँपालिकाबाट जम्मा रु ७० लाख बजेट पाएको नारच्याङले आफ्नो वडामा संचालित विद्युत आयोजनाबाट रु आठ करोड आम्दानी गरि गाउँपालिकाबाट वडाले पाएको बजेट भन्दा सात गुणा बढी आम्दानी गराउन सफल भएको हो ।

मध्य ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविधुत आयोजनाले एक वर्षदेखी केन्द्रीय प्रशासरण लाईनमा जोडिएका छन् ।
७१ मेगावाटको निलगिरी क्यास्केट, ३८ मेगावाटको निलगिरीखोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधिन छन । निलगिरी १ र २ दुवैले चालु वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विधुत रोयल्टी ८ करोडबढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । त्यसका साथै पर्यटनबाट ४० हजार बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको छ ।

‘पत्र प्राप्त भएको छ, तर पालिकाको संचित कोषमा रकम भने दाखिला भएको छैन’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।
गाउँपालिकाले पाउने विद्युत रोयल्टीका साथै नारच्याङमा संचालित जलविधुत आयोजनामा ५ सयबढी स्थानियले रोजगारी पाएका वडाअध्यक्ष लोकबहादुर फगामीले बताउनु भयो ।

वडाअध्यक्ष फगामीका अनुसार विद्युत आयोजनाले स्थानिय तीन वटा विद्यालयका शिक्षकको तवलभत्ता, अन्य खेलकुद मैदान समेत पूर्वाधारमा सहयोग, आमा समुह, युवा क्लवहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

जलविधुत आयोजनाहरुबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत बार्षिक २ करोडको रुपैयाँ पनि यही वडा भित्र खर्च हुनेगरेको उहाँले जानकारी दिनुभयो । यस अघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा मनग्य सहयोग पाएको उहाँले बताउनु भयो । वडाअध्यक्ष फगामीले भन्नुभयो ‘जलविद्युत आयोजनाहरुकै कारण गाउँको काया परिवर्तन भएको छ,स्थानीयले रोजगारी त पाएका छन् नै गाउँलाई सडकले समेत जोडेपछि सुविधा पनि थपिएका छन् ।’

‘हाईड्रो भिलेज’ का नामले चिनिने नारच्याङमा २ वटा आयोजनाले एक बर्षदेखि उत्पादन थालेका छन् । ३ वटा निर्माणाधिन छन । थप दुई वटा कालीगण्डकी गर्ज र मध्यकालीगण्डकी जलविधुत आयोजना नारच्याङहुँदै बग्ने कालीगण्डकी नदीमा बन्दै छन् ।
निलगिरी साउथ हिमालको दक्षिणी तथा अन्नपूर्ण शिखरको पश्चिम फेदीमा अवस्थित नारच्याङ यहाँ संचालित जलविद्युत आयोजनाहरुकै कारण आर्थिक समृद्धिको बाटोमा डोरिन थालेको स्थानीयले बताएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा ४ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । थप ४ वटा निर्माण प्रक्रियामा रहेको नारच्याङमा जलविद्युत् आयोजनासँगै विकास, रोजगारी र आम्दानीको अवसर पनि भित्रिएको छ ।

यस्तो छ विद्युत आयोजनाको अवस्था

नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दी खोला र ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिइसकेको छ ।

नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । एक वर्ष अघि निर्माण थालेको आयोजनाले अगामी असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य रहेको छ ।

हिम कन्सल्ट प्रा.लिले प्रवर्द्धक रहेको आयोजनामा बाँध स्थल,पाइपलाइन र विद्युतगृहको निर्माण एकसाथ अगाडि बढाइएको छ । आयोजना स्थलमा पर्याप्त मात्रामा उपकारणका साथै मजदुर र कर्मचारी गरी एक सय ६० जना जनशक्ति परिचालन गरिएको छ ।

सिभिलको ठेक्का पाएको साकुरा पावर कन्स्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्युत गृहको संरचना करिब ५० प्रतिशत निर्माण सम्पन्न गरेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न गर्न प्रतिमेगावाट २० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

निलगिरी हाइड्रो पावरले निर्माण गर्ने एक सय १० मेगावाटका निलगिरी पहिलो र निलगिरी क्यासकेड आयोजना निर्माणको अन्तिम चरण पुगेका छन् ।
त्यसैगरी चिनियाँ लगानीमा निर्माण हुने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण स्थल नारच्याङमा १२ मेगावाट क्षमताको मिस्ट्री खोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना पनि संचालनमा छन् ।

नीलगिरि खोला हाइड्रोपावरले एकैसाथ १ सय ९ मेगावाट क्षमताको नीलगिरि १ र २ जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ । मिस्ट्री र रेले खोलाको दोभानस्थित दोभिल्नामा बन्ने नीलगिरि खोला २ जलविद्युत् आयोजनाको बाँधबाट २०७४ देखि सुरु गरेको नीलगिरि खोला १ जलविद्युत् आयोजनाको बाँध रहने हुम खोला जोड्ने पहुँच मार्ग निर्माण कार्य सकिएको छ ।

७१ मेगावाट क्षमताको नीलगिरि दोस्रोको ५ किलोमिटर ५ सय मिटरमध्ये ४ वटा अडिटबाट सुरुङ खनिसकिएको छ । थप १ वटा अडिटबाट सुरुङ खनिएको छ । नीलगिरि दोस्रोको छोटेपामा बाँध र दोभिल्नामा विद्युत्गृह निर्माण भएको छ ।

३८ मेगावाट क्षमताको नीलगिरि पहिलोको छोटेपामा विद्युत्गृह र सुरुङ खनिसकेको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भइ विद्युत प्रशारण भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?