सियारीमा सुत्केरीलाई पोषण कोसेली दिँदै गाउँपालिका उपाध्यक्ष थारु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्तर्गत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।
बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गर्नुभएको छ ।

कोसेली झोलासहित स्वास्थ्य चौकी पुग्नुभएको उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्धत गरेको बताउनु भयो ।
पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, टुथपेस्ट रहेको छ । त्यसका साथै पालिकामा सस्थागत सुत्केरी गराएका आमाहरुलाई नगद रु १५०० पनि प्रदान गर्ने गरिएको पालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्युनिटि नर्सिङ निरीक्षक ललिता पुनले जानकारी दिनुभयो ।

उहाँले साउन यता सुत्केरी भएका आमाहरुलाई पोषण झोला र नगद प्रदान गरिएको बताउनु भयो ।
पालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, जन्म दर्ताको प्रमाण पत्र, गर्भवती जाँच गरिएको स्वास्थ्य सस्थाको कार्ड र बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ ।

सियारी गाउँपालिकाले हाल सम्म २ सय ७० जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरेको छ । यो कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?