काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्नुहुने भएको छ । लिगका लागि दुवै खेलाडी त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । उषाले क्लब इगलबाट र प्रतिभाले वाम्का क्लबबाट लिग खेल्नुहुनेछ । लिग माघ १६ गतेसम्म चल्नेछ ।
उषाले नेपालबाहिर पहिलोपल्ट व्यावसायिक लिग खेल्न लाग्नुभएको हो । प्रतिभाले भने यसअघि पनि माल्दिभ्सको लिग खेलिसक्नुभएको छ । अघिल्लो महिना बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको उपाधि नेपाली टोलीले उचाल्दा दुवैजना त्यसको सदस्य हुनुहुन्थ्यो ।
उषाले विदेशी लिगमा देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो सक्दो उत्कृष्ट प्रदर्शन दिने विश्वास दिलाउनुभयो ।
प्रतिभा घरेलु भलिबल न्यु डायमण्ड क्लब र उषा पुलिस क्लबबाट खेल्नुहुन्छ । दुई दिनअघि उषा सम्मिलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मिलित न्यु डायमण्ड स्पोटर््स क्लबले सातौँ एनभिए क्लब च्याम्पियनसिपको फाइनलमा एकअर्काको सामना गर्नुभएको थियो । जसमा पुलिसले ३–२ ले बाजी मारेको थियो । च्याम्पियनसिपमा उषा सर्वोत्कृष्ट खेलाडी र प्रतिभा उत्कृष्ट स्पाइकर घोषित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच