मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान

Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा आएको समस्या समाधान भएको छ । मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार समाधानपछि छोटो अवधिमा पनि रोकिएका कलको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले केही असहजता बेहोर्नुपरेको हो ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने कम्पनीले जनाएको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीका प्रवक्ता शोभन अधिकारीले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?