एनभिएले म्याराथन प्रतियोगिता गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को आयोजनामा शनिबार करिब १५ लाख पुरस्कार राशिको राइट टु प्रोटिन रन नामक दौड प्रतियोगिता हुने भएको छ । प्रोटिन तथा सन्तुलित आहारको महत्व आमनागरिकसमक्ष उजागर गर्न एनभिएले विभिन्न विधाका दौड प्रतियोगिता गर्न लागेको हो ।

शनिबार ७ बजे राइट टु प्रोटिन रनको दोस्रो संस्करण आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीका लागि पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला तथा फरक क्षमता भएका व्यक्तिको हिृवलचियर विधाका दौड समावेश छन् ।

अप्रतियोगीका रूपमा तीन सय भोलेन्टियर दौडमा सहभागी हुने आयोजकले जनाएको छ । नेपाल एथ्लेटिक्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र दाना उद्योगहरूको सहयोग रहेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ८३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ भने हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार राशि एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?