काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उहाँले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताउनु भयो ।
सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसक्नुभएको छ । जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ ।
सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उहाँले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकीर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच