तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-३ छबिसेका ४५ बर्षीय माधवबहादुर अर्जेलको भीरबाट लडेर मृत्यु भएको छ।

शनिबार साँझ ६ः५५ बजे आफ्नो घरदेखि करिब तीन सय मिटर पर धमिलिकुवा सामुदायिक वनमा भिरबाट लडेको अवस्थामा अर्जेल मृत फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अर्जेल सालको रुखको जरामा अड्किएको अवस्थामा भेटिनुभएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?