प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर  । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले  संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताउनु भएको छ।

प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उहाँको भनाइ छ ।

४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताउनु भयो ।

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?