राजेश फ्रेण्ड्समा अनुबन्धित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेण्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको छ । फ्रेण्ड्सले आइतबार सामाजिक सञ्जालबाट फरवार्ड राजेशलाई अनुबन्ध गरिएको जनाएको छ ।

फ्रेण्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि राजेशलाई पहिलो खेलाडीका रूपमा अनुबन्ध गरेको हो । राजेशले अघिल्लो सिजन न्युरोड टिम (एनआरटी) क्लबबाट खेल्नुभएको थियो ।

राजेश १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता नेपाली टोलीको सदस्य हुनुहुन्थ्यो । राजेशले भारतको एआरए एफसी अहमदाबादबाट भारतको ‘बी’ डिभिजनको आई लिगसमेत खेल्नुभएको छ ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । फ्रेण्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?