सीपमूलक तालिमबाट महिलालाई आत्मनिर्भर बनाउँदै गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने भएको छ । पालिकाको १ र २ वडाका महिलालाई अहिले सिलाइकटाइ सीपमूलक तालिम सामाजिक विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँग सहकार्य र समन्वयमा तीनमहिने सिलाइकटाइ तालिम शुक्रबारबाट सुरु भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

यही पुस ६ गतेदेखि वैैशाख ५ गतेसम्म सो तालिम सञ्चालन हुने भएको छ । उपाध्यक्ष रोकायाले भन्नुभयो, ‘बाँकी अरू वडामा पनि ढाका बुनाई, हाते होजियारी सीपमूलक तालिम यहाँका महिलालाई दिएर आफ्नो जीविकोपार्जनमा सहज बाउन महिला केन्द्रित कार्यक्रम लागू गरी सञ्चालनमा ल्याएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।’

पालिकाका १ र २ वडाका १५ जना महिलालाई सो तालिम दिएका छौँ । उनीहरूले राम्रोसँग सीप सिकेर अरू महिलालाई सिकाउनुपर्छ । सीप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर माथि उठ्दैन सिकेको सीपलाई निरन्तरता दिनुपर्छ । तालिम लिएपछि प्रमाणपत्र मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्नका लागि यहाँका महिलालाई यो अवसरसमेत रहेको उपाध्यक्ष रोकायाको भनाइ छ ।

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालयको नियमित कार्यक्रमअन्तर्गत पातारासी गाउँपालिकाको साझेदारीमा उक्त तालिम सुरु गरेको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो । पातारासीका महिलालाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । अध्यक्ष, उपाध्यक्ष कार्यक्रमबाट पातारासीका स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको आवश्यकताअनुसार काम गरिने पातारासी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?