प्रतिनिधि सभा बैठक बस्दै(संभावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?