धनगढी। कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडा भित्रि सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो ।
बिहीवार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते हुनुभएको थियो। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उहाँको बाटोमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएको बताउनुभयो । उहाँको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको