साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

Read Time = 1 min

मेलबर्न । बेलारुसकी आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जित्नुभएको छ । मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बन्नुभएको हो । पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४-६, ६-३ र ६-४ ले पराजित गर्नुभयो ।

साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो । २४ वर्षीया साबलेन्काले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको हो । एलिना भने दोस्रो पटक ग्रान्डस्लाम जित्नबाट बन्चित हुनुभयो । पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्नुहुने छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?