अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Read Time = 2 mins

काठमाडौं । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमले बताउनुभयो । ‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशका लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकाले यो दल रोजेको छु । आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो,’ उहाँले भन्नुभयो ।

पार्टीलाई अरू दलभन्दा फरक रूपमा उभ्याउने उहाँले बताउनुभएको छ । एलिजा पत्रकार ऋषि धमलाकी श्रीमती हुनुहुन्छ । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएको छ । उहाँ बैंकर तथा व्यवसायी हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?