शनिबार भृकुटीमण्डपमा ‘डग शो’ हुँदै

Read Time = 1 min

काठमाडौं । शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘डग शो’ आयोजना हुने भएको छ । एब्स्ट्र्याक्ट पेट्सको आयोजनामा हुने डग शोका लागि प्रतिकुकुर एक हजार पाँच सय रुपैयाँ लाग्ने बताइएको छ । शोमा सबै जातका कुकुर रहनेछन् । आयोजकका अनुसार शोमा विभिन्न प्रतियोगिता हुनेछन् भने विजेताले नगदका साथै अन्य पुरस्कार पनि पाउनेछन् ।

कुकुरको ब्रिडअनुसार कुकुरको स्ट्याण्डर्ड छुट्याउन भारतबाट निर्णायकका रूपमा मुम्बईका करण सिंह वालिया आउने कार्यक्रम रहेको एब्स्ट्र्याक्ट पेट्सका अध्यक्ष पारस कपालीले जानकारी दिनुभएको छ । एब्स्ट्र्याक्ट पेट्सका अध्यक्ष पारस कपालीका अनुसार शो अवलोकनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको छ । डग शोमा १५० भन्दा बढी कुकुर रहने र १५ सयभन्दा बढीले अवलोकन गर्ने उहाँले हिमालय टाइम्सलाई बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?