एभर्टनको मुख्य प्रशिक्षकमा सिन डेची नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

इंग्लिस प्रशिक्षक डेचीले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहने छन् ।

एभर्टनले गएको हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । डाइचेलाई गएको अप्रिलमा बर्नलीले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।

डेचीले जिम्मेवारी सम्हालेसँगै एभर्टनले आउँदो शनिवार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब आर्सनलसँग खेल्दैछ । एभर्टन प्रिमियर लिगमा २० खेलमा मात्र तीन जित र १५ अंकको साथ १९औँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?