नगरस्तरिय महिला टी–२० प्रतियोगिताको उपाधी दशरथचन्द नपा-२ देहीमाण्डौलाई

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा नगरस्तीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिका २ देहीमाण्डौले हात पारेको छ ।

मंगलबार निंग्लाशैनी खेलमैदान देहीमाण्डौमा भएको फाइनल खेलमा देहीमाण्डौले दनपा ८ त्रिपुरालाई ७ विकेटले पराजीत गरेको हो । त्रिपुराले दिएको ६० रनको लक्ष्य देहीमाण्डौले ७ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । देहीमाण्डाका लागि कप्तान पिंकी बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहराले अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनीले समान १÷१ विकेट हात पारे ।

टस जिेतर पहिला ब्याटिंग गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहिमाडौंका लागि निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३÷३ विकेट हात पारे ।

उपाधि हात पारेसंगै देहिमाडौंले नगद २५ हजार, ट्रफि,मेडल हात पार्यो । त्रिपुराले भने नगद १५ हजार, ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । देहिमाडौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो । प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् । यस्तै १० विकेट हात पारेकी देहिमाडौंकी बसन्ती बोहरा उत्कृष्ट बलर, १४९ रन बनाएकी देहिमाडौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी पिंयान्सी चन्द उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको प्रशिक्षक दीपेन्द्र बोहराले बताउनुभयो ।

शहिद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि शुरू भएको प्रतियोगितामा नगरका ७ टोलीको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?