डिएलए अध्यक्षमा सीताराम केसी निर्वाचित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित हुनुभएको छ । डिएलए नेपालको ११ औं महाधिवेशनबाट केसी ६५३ मतसहित विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी लक्ष्मी दाहाल रावलले १७७ मत प्राप्त गर्नुभएको थियो भने स्वतन्त्र उमेद्वार लक्ष्मण थपलिया ५५, केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मात्र प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी हुनुभएको छ ।

यस्तै, प्रदेशअन्तर्गत उपाध्यक्षतर्फ कोशीमा कबिता बस्नेत, मधेसमा रमानन्द साह, बागमतीमा जनकराज श्रेष्ठ, गण्डकीमा भुमिश्वर शर्मा गौतम, लुम्बिनीमा बिष्णुप्रसाद धिताल, कर्णालीमा पदमबहादुर शाही र सुदूरपश्चिम गंगाराम उपाध्याय निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्षमा कबिता थापा कार्की निर्वाचित हुँदा महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । सचिवमा शिप्रसाद रेग्मी, सचिव धनमाया राना, कोषाध्यक्ष हरिबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । अफताव आलम, गोविन्द राम परियार, प्रविण महर्जन, सतेन्द्र प्रजापति, अमितकुमार कर्ण, सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना, किरण पौडेल, चक्रबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यस्तै कोशी प्रदेशबाट दुर्गाप्रसाद पोखरेल, मधेसबाट प्रज्वल अधिकारी, बागमतीबाट विनोद अधिकारी, गण्डकीबाट हरिप्रसाद रेग्मी, लुम्बिनीबाट हरिप्रसाद पन्त, कर्णालीबाट विष्णुकुमारी शर्मा र सुदूरपश्चिमबाट भरतबहादुर सिंह निर्वाचित हुनुभएको छ । खुला सदस्यतर्फ सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमल राज शाही र विष्णु खनाल पनि केन्द्रीय सदस्य बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?