न्युकासल काराबाओ कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्युकासल युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै समग्रमा ३-१ को जितसहित न्युकासल फाइनल पुगेको हो ।

न्युकासलले पहिलो लेगमा १-० को अग्रता लिएको थियो । दोस्रो लेगमा १० खेलाडीमा समेटिएपनि न्युकासलले जित निकाल्यो ।

न्युकासल सन् १९९९ पछि पहिलो पटक घरेलु कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

न्युकासलले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र नटिङघम फरेस्टबीचको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा युनाईटेड ३-० ले अघि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?