क्रसर व्यवसायीका समस्या समाधान गर्ने आश्वासन

Read Time = 2 mins

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यवसायीका समस्या समाधान सरकारले गर्ने बताउनुभएको भएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको शुक्रबार आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले नीति निर्माण र कानुन बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘क्रसर तथा खानी उद्योगको नवीकरणमा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक छ, व्यवसायीलाई पिरमर्का नपरोस् भनेर सरकार सजग पनि छ ।’

नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले मुलुकको समृद्धि र विकासका लागि लगानीमैत्री वातावरण हुनु प्रमुख विषय भएको भन्दै कुनै पनि व्यवसायी तथा लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

राज्यलाई कर तिर्ने र विकास निर्माणका सामग्री उत्पादन गर्न व्यवसाय र लगानीकर्ताका सम्बन्धमा सरकारले कुनै पक्षपात नगरी व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो । महासंघका अध्यक्ष सीताराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्यामराज खड्का, कोषाध्यक्ष यामबहादुुर मल्ललगायतले क्रसर तथा खानी उद्योग मुलुकको विकास निर्माणको मेरुदण्ड भए पनि यस व्यवसायले उचित सहयोग र इज्जत नपाएको गुनासो गर्नुभयो ।

क्रसर व्यवसायीले क्रसरको मापदण्ड देशभर एउटै हुँदा समस्या भएकोमा भौगोलिक अवस्थाअनुसारको मापदण्ड बनाउन गिट्टी बालुवा तथा नदीजन्य पदार्थको व्यवस्था गर्न माग गरेका छन् । साधारणसभामा देशभरबाट करिब तीन सयभन्दा बढी व्यवसायीको सहभागिता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?