भक्तपुर । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका-५ का २५ वर्षीय युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशंकर-५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयाे ।
सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच