चुनौती सामना गर्न राष्ट्रिय सहमति आवश्ययक : शक्ति बस्नेत

फाईल तस्बिर

Read Time = 4 mins

काठमाडौं । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्रिय चुनौती सामना गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिनुभयो ।

वृहत्तर राष्ट्रिय सहमतिले राष्ट्रिय चुनौती सामना गर्न सहयोग पुुग्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “राजनीतिक व्यवस्थाले खोजेको अवस्था नहुँदा नीति र विधिअनुरुपको व्यवहार नभएको हो, जनताका मौलिक हकको कार्यान्वयनका लागि ऐन अझै बन्न सकेको छैन, काम गर्ने तरिका नबदलिँदाको यो समस्या हो ।”

सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिईरहेका बेला उहाँको यस्तो यस्तो धारणा राख्नु भएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो । उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पार्नु भयो ।

सांसद बस्नेतले भन्नु भयो, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्विकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्विकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्विकार गरेर अघि बढलान । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून । यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराउनु भयो । उहाँले परिवर्तनकारी शक्तिहरुलाई स्विकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दावी समेत गर्नु भयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराई–मधेशका पुरातात्विक सम्पदाले आवश्यक संरक्षण नपाउँदा तिनको परिचय र अस्तित्व कमजोर भएको बताउनुभयो । उहाँले जनकपुरको जानकी मन्दिरमा प्राचीन ढुङ्गा हटाएर मार्वल हालेको विषयमा ध्यानाकर्षण गराउँदै मन्दिरमा विद्युतीकरणका काममा भ्रष्टाचार भएको आरोप लगाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउँदै सिक्टा सिँचाइ आयोजना सफल कार्यान्वयन हुन नसकेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले प्रेम आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् हो भन्नुभयो । साथै उहाँले संविधान अनुसार शपथ खाएर त्यस विपरीत बोल्नु संविधान विपरीत हुने धारणा व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?