किचेन एप्लाइन्सेज फाबरको अफर

Read Time = 2 mins

काठमाडौं । किचेन चिम्नी निर्माता कम्पनी फाबरले घरका लागि अत्याधुनिक प्रविधिमा निर्मित र उच्च गुणस्तरका किचेन एप्लाइन्सेज खरिदमा छुट अफर ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई आफ्ना तीन एरोस्टेसन चिम्नीमा ३० प्रतिशतसम्म छुट दिने भएको हो ।

सुरक्षित, स्टाइलिस र फंक्सनल चिम्नीका साथै ग्राहकले १.५ लिटरको दुई हजार चार सय ५० रुपैयाँबराबरको फाबर इलेक्ट्रिक वाटर केटल पनि पाउने कम्पनीले जनाएको छ । अफर एरोस्टेसन स्पार्कल प्रो थ्रिडी टिसी एबी ९०, एरोस्टेसन स्टार प्रो थ्रिडी टिसी एबी ९० र एरोस्टेसन ग्लासी थ्रिडी पिबी ९० मा उपलब्ध हुनेछ ।

त्यस्तै, उल्लिखित एरोस्टेसन चिम्नी र नेक्सस हब कुकटप हाइब्रिड (नेक्सस ८०३ वा नेक्सस ६०३) को संयुक्त खरिदमा ११ हजार रुपैयाँ बराबरको फाबर मिक्सर ग्राइण्डर पनि निःशुल्क उपलब्ध गराउने भएको छ । इटालियन ब्राण्ड फाबर भान्साको चिम्नी बनाउने विश्वकै अग्रणी हो । आठ राष्ट्र र तीन महादेशमा पहिलेदेखि नै रहेको फाबर नेपालमा पनि ग्राहकको रोजाइमा रहेको छ । युएचएस होल्डिङ्स प्रालि नेपालमा फाबरको आधिकारिक आयातकर्ता र वितरक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?