माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।

बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ। अध्यक्ष प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन्।

बिहीबारै बसेको रास्वपाको बैठकले दुई दिनपछि सरकारमा सहभागी हुने या नहुनेबारे ठोश निर्णय लिने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?