रास्वपाको संयुक्त ‘निर्णायक’ बैठक आज फेरि बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार मध्य रातिसम्म चलेको बैठक निष्कर्षविहीन टुंगिएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन टुंगिएको हो ।

सरकारका विषयमा हिजो कुनै पनि निर्णय नभएको नेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सभापतिले सामान्य जानकारी गराए पनि आज ११ बजे बैठक बस्नेछ ।

हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको छ ।

यसअघि, हिजोको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिएको थियो । तर, केही सांसदहरू र शीर्ष नेता काठमाडौं उपत्यकाबाहिर रहेकाले आज बस्ने बैठकले निर्णय गरिने रास्वपाले जनाएको छ ।

आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय गर्ने छ । पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाउनुभएको थियो । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखेका छन्।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन र सरकारमै रहन प्रस्ताव गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?