विजयी घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चितवन-२ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्नुभएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो हुनुभएका नेता श्रेष्ठले स्वतः विजयीको माग गर्नुभएको हो ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएका श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित हुनुभएको थियो ।

लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आज (आइतबार) निर्वाचन आयोगमा निवेदन दिने हुनुभएको छ । उहाँले आज दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।

गत मंसिर ४ को निर्वाचनमा श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाउनुभएको थियो । श्रेष्ठ निर्वाचनमा दोस्रो हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?