आन्तरिक राजश्व कार्यालय जुम्लाद्वारा ६ महिनामा १५ करोड राजश्व संकलन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०७९÷ ०८० को छ महिनामा कुल लक्ष्यको ३५ प्रतिशत राजश्व संकलन गरेको छ । साउनदेखि पुससम्म रू २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १५ करोड ४३ लाख ११ हजार मात्र राजश्व उठेको छ । कार्यालयको राजश्व संकलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेम नारायण रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयको सोही लक्ष्य अुसार वार्षिक राजश्व असुली हुने आन्तरिक राजश्व कार्यालय जुम्लका प्रमुख रेग्मीले भन्नुभयो,“ गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजश्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैकंमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले राजश्व कम उठेको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ । ”

चालु आवको ६ महिनामा विविध शीर्षक अन्तरर्गत सो संख्यामा राजश्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्ला लगायत मुगु र कालिकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार तीन जिल्लाका कुल ३० हजार २८४ जना करदाता रहेका छन् ।

जसमा सबैभन्दा बढी आयकरतर्फ १४ हजार १७७ जना करदाता रहेको छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार १७७ र भ्याटतर्फ १३ सय ९८ जना रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । कर्मचारीको अभावले बजार अनुगमन हुन सकेको छैन ।

पाँच जनाको अधिकृत स्तरको दरबन्दी रहेकोमा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायव सुब्बाको दरबन्दी रहेको कार्यालय अहिले २ जना मात्र रहेकाले स्थानीय स्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दी अनुसार कर्मचारी नुहदाँ कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रग्मीले बतायउनुभयो । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्ने लागि परेको सो कार्यालयले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?