काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारलेको काम नै आफ्नो खेदो खन्नुपर्ने रहेको आरोप लगाउनु भएको छ ।
केन्द्रीय कार्यालयमा आइतबार सरकारबाट बाहिरिने बैठकबाट गरेको निर्णय सुनाउँदै लामिछानेले चार वर्ष अगाडि आफैंले बोलेको कुरालाई उचालेर मिडियो आफ्नोबारे जथाभावी लेखेको आरोप लगाउनु भयो ।
उहाँले मिडियाका मालिक र १२ भाइ सम्पादकको काम नै आफूलाई खेद्ने काम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो अपराध के हो रु १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ ।
लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभयो ।
उहाँले देश चलाउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति समेत दिनु भयो । उहाँले भन्नुभयो– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’
उहाँले पाँच वर्षदेखि आफूलाई लखेटेको लखेटेइ गरेको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको