काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई चार-शून्य गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालको जितमा अमिषा कार्कीले हृयाट्रिक गर्नुभयो । कप्तान प्रीति राईको नाममा एक गोल रहृयो । खेलको १९ औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो ।
पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई दुई-शून्यको अग्रता दिलाउनुभयो । खेलको ६१औँ मिनेटमा कप्तान प्रीतिले गोल गर्दा नेपाल तीन-शून्यले अघि रहृयो ।
त्यसपछि खेलको ६२औँ मिनेटमा अमिषाले हृयाट्रिक पूरा गर्दा नेपाल चार-शून्यले विजयी भयो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० गोलले पराजित भएको थियो ।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग तीन-एक गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको