रिद्धिसिद्धि सिमेन्टद्वारा स्वास्थ्य शिविर

Read Time = 1 min

मकवानपुर । रिद्धिसिद्धि सिमेन्टले गत बुधबार एकदिने स्वास्थ्य शिविर आयोजना गरेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय र राक्सिराङ गाउँपालिका वडा ४ को समन्वयमा आयोजित शिविरमा कलेज अफ मेडिकल साइन्सेसको प्राविधिक सहयोग रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालको उपस्थितिमा भएको शिविरमा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको उपस्थिति रहेको थियो ।

शिविरमा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाडजोर्नी, नशा रोग, छाला रोगको परीक्षण तथा औषधिसमेत वितरण गरिएको थियो । शिविरबाट एक सय ८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?