सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

१२ सयभन्दा बढीको मृत्यु, २८ सय बढी भवन भत्किए

Read Time = 2 mins

बेरुत । दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबार १२ सयभन्दा बढी पुगेको जनाइएको छ । एजेन्सीहरूका अनुसार टर्किस राष्ट्रपति रेसेप एर्डोगानले टर्कीमा मात्रै कम्तीमा ९१२ जनाको मृत्यु भएको बताउनुभएको छ भने सिरियामा सोही भूकम्पमा परी कम्तीमा ३२० जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीव्र रूपमा बढिरहेको छ ।

टर्किस राष्ट्रपति एर्डोगानका अनुसार कम्तीमा पाँच हजार ३०० ८३ जना टर्कीमा मात्रै घाइते भएका छन् भने सिरियामा पनि सयौं घाइते हुनपुगेका छन् । सन् १९३९ यताकै ठूलो क्षति भएको राष्ट्रपति एर्डोगानले जनाउनुभएको छ । उहाँका अनुसार भूकम्पमा दुई हजार ८१८ भवन भत्किनपुगेका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

टर्की सरकारले आपतकालको घोषणा गरेको छ । पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो । टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको थियो । टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?