इलाम-१ र सुनसरी-४ मा रोकिएको मतगणना सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इलाम क्षेत्र नम्बर-१  र सुनसरी क्षेत्र नम्बर-४ मा रोकिएको मतगणना सुरु भएको छ ।

पछिल्लो विवरणअनुसार इलाम-१ मा एमालेका महेश बस्नेतले अग्रता लिनुभएकाे छ । उहाँलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहनु भएकाे छ ।

बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाउनुभएकाे छ । सुनसरी-४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनुभएकाे छ ।

उहाँले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहनु भएकाे छ ।

रोकिएको दुवै क्षेत्रको मतगणना अहिले  भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?